साउन २७, काठमाडौं ।
काठमाडौं । ६० को दशकमा नेपाली टेलिभिजनमा लोकदोहोरीलाई प्रवेश गराउने श्रेय रामप्रसाद खनाललाई जान्छ । केही लोकगीत समेत गाएका रामप्रसाद खनाल नेपालको संचारकर्म छाडेर यतिबेला अमेरिकामा रियलस्टेट ब्यबसायमा संलग्न छन् ।
पछिल्लो समयमा गायिका ज्योती मगरको उत्ताउलो भिडियो सार्वजनिक भएपछि लोक गायन छाडिसकेका खनाललाईसमेत चित्त बुझेको रहेनछ । उनले आफ्नो फेसबुकमा लामो स्टाटास लेख्दै ज्योतीलाई लोकदोहोरी क्षेत्र छाडेर निलो फिल्म खेल्न सुझाव दिएका छन् । ज्योतीमात्र हैन, उनले गीतका लेखक, म्यूजिक भिडियो निर्देशक, बजार ब्यबस्थापन गर्ने म्यूजिक नेपाल र संचारमाध्यमलाई पनि गाली गरेका छन् ।
एक हप्तामै करिव ५ लाखले हेरेको ज्योति मगरको यो भिडियो हेर्नुहोसः



0 comments:
Post a Comment